Opportunities

 पटकथा लेखन कार्यशाला Script Writing Workshop

 

पटकथा लेखन कार्यशाला सिर्जनशील युवाहरूलाई सशक्त एवं प्रभावकारी कथा लेखन, आकर्षक डिजिटल सामग्री निर्माण र सिर्जनात्मक क्षेत्रमा दीर्घकालीन पेशागत अवसर विकासका लागि आवश्यक व्यावहारिक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने १० दिने अनलाइन प्रशिक्षण कार्यक्रम हो । अन्तरक्रियात्मक सत्र, व्यावहारिक लेखन अभ्यास, प्रशिक्षण तथा सहकार्यात्मक सिकाइमार्फत् सहभागीहरूले आफ्ना व्यक्तिगत अनुभव, समुदायका कथा तथा सामाजिक मुद्दाहरूलाई प्रभावशाली र अर्थपूर्ण डिजिटल सामग्रीमा रूपान्तरण गर्न सिक्नुहुनेछ । यस कार्यशालाले युट्युब, इन्स्टाग्राम, फेसबुक, पोडकास्ट लगायत विभिन्न डिजिटल तथा सामाजिक सञ्‍चार माध्यमका लागि सान्दर्भिक र प्रभावकारी पटकथा सामग्री विकास गर्ने क्षमता अभिवृद्धि गर्नेछ।

सिर्जनात्मक सीप विकाससँगै, यस कार्यशालाले डिजिटल सामग्री सिर्जनाको व्यावसायिक र उद्यमशील पक्षलाई पनि विशेष जोड दिनेछ। कार्यशालाका सहभागीहरूले व्यक्तिगत पहिचान तथा ब्रान्ड निर्माण, डिजिटल मार्केटिङ, दर्शक बढाउने रणनीति, सामग्री प्रवर्द्धन र सिर्जनाकर्मीका रूपमा उपलब्ध व्यावसायिक अवसरहरूबारे गहिराइमा बुझ्‍न सक्नुहुनेछ।  कार्यशालाका सत्रहरूमा डिजिटल सामग्रीहरुमार्फत् आयआर्जन गर्ने विभिन्न सम्भावनाका क्षेत्रहरूबारे जानकारी दिइनेछ । यसअन्तर्गत डिजिटल प्लेटफर्मबाट आम्दानी, ब्रान्डसँगको सहकार्य, फ्रिलान्स कामका अवसर, कमिसन्ड काम, अनुदान, क्राउडफन्डिङ तथा अन्य आय आर्जनका विभिन्न मोडेलहरू समेटिनेछन्। यी माध्यमहरूले सिर्जनात्मक तथा सांस्कृतिक क्षेत्रमा दिगो पेसागत विकासका लागि आवश्यक अवसर र सम्भावनाहरू पहिचान गर्न सहभागीहरूलाई सहयोग गर्नेछ।  

कार्यशालाको अन्त्यसम्ममा सहभागीहरूले डिजिटल सामग्री सिर्जना वा उत्पादनका लागि प्रयोग गर्न सकिने कम्तीमा एउटा मौलिक स्क्रिप्ट तयार गर्नुहुनेछ। साथै, डिजिटल सामग्री सिर्जना गर्ने प्रकृयाबारे व्यावहारिक ज्ञान तथा सीप हासिल गर्नुहुनेछ। यसका साथै, सिर्जनात्मक अभिव्यक्ति, सामाजिक प्रभाव तथा जीविकोपार्जनका अवसरहरूको विकासका लागि कथावाचनलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने आत्मविश्वास पनि विकास गर्नुहुनेछ।

हामी विशेष रूपमा महिला, दलित, मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, ग्रामीण तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गर्दछौं।

तपाईंले आफूलाई सहज लाग्‍ने कुनै पनि भाषामा यो आवेदन फारम भर्न सक्नुहुन्छ। यदि तपाईं लिखित रूपमा आफ्नो उत्तर दिन असमर्थ हुनुहुन्छ भने, आवेदनका प्रश्नहरूको जवाफ समेटिएको छोटो भिडियो पनि  prasuna@shantanepalifoundation.com , sfnepal.comms@gmail.com   मा पठाउन सक्नुहुन्छ।

कार्यशाला सञ्चालन विधि: कार्यशाला पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ, जसमा प्रत्यक्ष तथा अन्तरक्रियात्मक सत्रहरू समावेश हुनेछन्।

कार्यशाला अवधि: १० दिन

आवेदन फारम लिंक

सहभागीको प्रतिबद्धता: छनोट हुनुभएका सहभागीहरू कार्यशालाका सबै प्रत्यक्ष सत्रहरूमा नियमित रूपमा सहभागी भई छलफल, लेखन अभ्यास र सिर्जनात्मक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न हुनुपर्नेछ। साथै, दिइएका अभ्यास तथा कार्यहरू समयमै पूरा गर्दै आफ्ना विचार, अनुभव र सिर्जनाहरू सहकर्मीहरूसँग साझा गर्ने, एकअर्काबाट सिक्ने र प्राप्त प्रतिक्रियाका आधारमा आफ्ना सिर्जनालाई थप परिष्कृत गर्ने अपेक्षा गरिएको छ।

सहभागी हुन सक्ने व्यक्तिहरू 
  • १८ देखि ३ वर्ष उमेर समूहका युवा
  • विविध समुदाय, पहिचान तथा पृष्ठभूमिका सहभागीहरू
  • पूर्व अनुभव आवश्यक छैन
  • जिज्ञासा, खुलापन र सक्रिय सहभागिताको इच्छाशक्ति भए पुग्‍नेछ
 
महत्वपूर्ण मितिहरू
  • आवेदन दिने अन्तिम मिति: २०८३ भदौ २१ 
  • प्रारम्भिक छनोटको नतिजा सार्वजनिक: २०८३ भदौ २९
  • कार्यशालाको मिति: २०८३ असोज ५ – २०८३ असोज १४

 

The Script Writing Workshop is a 10-day online training programme designed to equip young creators with practical skills to write compelling stories, produce engaging digital content, and build sustainable creative careers. Through interactive sessions, hands-on writing exercises, mentorship, and collaborative learning, participants will transform personal experiences, community narratives, and social issues into impactful content for platforms such as YouTube, Instagram, Facebook, TikTok, podcasts, and other digital media.

Beyond creative skills, the workshop places a strong emphasis on the entrepreneurial side of content creation. Participants will explore personal branding, digital marketing, audience growth strategies, content promotion, and the creator economy. Sessions will introduce different pathways for earning through digital content, including platform monetization, brand collaborations, freelance opportunities, commissioned work, grants, crowdfunding, and other income-generating models that support sustainable careers in the creative and cultural industries.

By the end of the workshop, participants will have developed at least one original script ready for digital production, a practical understanding of content creation workflows, and greater confidence in using storytelling as a tool for creative expression, social impact, and livelihood development.

We strongly encourage applications from women, Dalit, Madhesi, Indigenous, Tharu, Muslim, LGBTQ+, rural, and historically marginalized communities.

You may fill out this application in any language you are comfortable with. If you are unable to write your responses, you may also send us a short video answering the application questions at prasuna@shantanepalifoundation.com , sfnepal.comms@gmail.com 

Workshop Modality: Fully online through live interactive sessions. Laptop or Phone with good internet access is required.

Duration: 10 Days

Application Form Link

Participant Commitment: Selected Participants are expected to attend all live sessions, actively engage in discussions and practical exercises, complete workshop assignments, and participate in peer learning and feedback throughout the programme.

 Who Can Join
  • Youth aged 18–35
  • Open to participants from diverse communities, identities, and backgrounds
  • No prior experience in storytelling required
  • Curiosity, openness, and willingness to participate are enough
Important Dates 
  • Application Deadline: 6 September 2026
  • Shortlisting Announcement: 14th September
  • Workshop Date: 21 September 2026 – 30 September 2026 
 फोटो कथाकारिता Photo Storytelling Workshop

 
फोटो कथाकारिता युवा सिर्जनाकर्मीहरूलाई फोटोग्राफी, भिजुअल स्टोरीटेलिङ तथा डिजिटल सामग्री सिर्जनासम्बन्धी व्यावहारिक सीप र ज्ञान प्रदान गर्दै सिर्जनात्मक क्षेत्रमा दिगो पेसागत अवसरहरू विकास गर्न सहयोग गर्ने ५ दिने प्रत्यक्ष सहभागितामा आधारित प्रशिक्षण कार्यक्रम हो। अन्तरक्रियात्मक सत्र, व्यावहारिक अभ्यास, प्रशिक्षण तथा सहकार्यात्मक सिकाइमार्फत् सहभागीहरूले फोटोग्राफीलाई आफ्ना कथा, अनुभव र विचारहरू अभिव्यक्त गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने सीप हासिल गर्नुहुनेछ। यस क्रममा सहभागीहरूले व्यक्तिगत तथा सामुदायिक अनुभवहरूलाई फोटो वा दृश्यमा अभिलेखीकरण गर्ने, विविध सांस्कृतिक पहिचानलाई सम्मानपूर्वक प्रस्तुत गर्ने तथा आफ्नो समुदायसँग सम्बन्धित महत्वपूर्ण विषय र सवालहरूलाई संवेदनशील र प्रभावकारी ढङ्गले उजागर गर्ने क्षमता विकास गर्नुहुनेछ।
 
सहभागीहरूले फोटोग्राफीका आधारभूत पक्षहरू, भिजुअल कम्पोजिसन, लाइटिङ, फ्रेमिङ, सिक्‍वेन्सिङ, फोटो फिचर, क्याप्सन तथा एथिकल भिजुअल स्टोरीटेलिङलगायत लगायतका प्राविधिक र सिर्जनात्मक सीपहरू विकास गर्नुहुनेछ। कार्यशालाले सहभागीहरूलाई आफ्ना व्यक्तिगत अनुभव, समुदायका कथा तथा सामाजिक विषयवस्तुहरूलाई खोजी र अभिव्यक्त गर्न प्रोत्साहित गर्नेछ। यी अनुभव तथा विषयवस्तुहरूलाई डिजिटल प्लेटफर्महरू, प्रदर्शनीहरू, अभियानहरू, सञ्चारमाध्यम तथा पैरवीसम्बन्धी पहलहरूमा प्रयोग गर्न सकिने प्रभावकारी दृश्य कथाहरूमा रूपान्तरण गर्ने सीप विकास गर्नुहुनेछ।  

सिर्जनात्मक अभ्यासलाई थप सुदृढ गर्नुका साथै, कार्यशालाले सिर्जनात्मक तथा सांस्कृतिक क्षेत्रमा उद्यमशीलता र पेसागत विकासलाई पनि विशेष प्राथमिकता दिनेछ। सहभागीहरूले व्यावसायिक पोर्टफोलियो तयार गर्ने, आफ्नो व्यक्तिगत ब्रान्ड विकास गर्ने, आफ्ना कामको प्रचार तथा बजारीकरण गर्ने, अनलाइन दर्शक बढाउने र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मका लागि सामग्री तयार गर्ने माध्यमबाट फोटोग्राफीलाई दिगो आयआर्जनको स्रोतका रूपमा विकास गर्न सकिने सम्भावनाबारे सिक्नुहुनेछ। 

कार्यशालाका सत्रहरूमा फ्रिलान्स फोटोग्राफी, कमिसन्ड काम, डकुमेन्ट्री तथा सम्पादकीय फोटोग्राफी, ब्रान्डसँगको सहकार्य, स्टक फोटोग्राफी, प्रदर्शनी, अनुदान, प्रतियोगिताका साथै नयाँ दृश्य कथाकारहरूका लागि उपलब्ध अन्य आय आर्जनका अवसरहरूबारे पनि जानकारी दिइनेछ।

कार्यक्रमको अन्त्यसम्ममा सहभागीहरूले एउटा फोटो कथा वा फोटो फिचर तयार गर्नुहुनेछ। साथै, भिजुअल स्टोरीटेलिङ तथा सञ्चारसम्बन्धी आफ्नो सीपलाई थप सुदृढ गर्नुहुनेछ र आफ्ना सिर्जनात्मक कामलाई पेसागत तथा उद्यमशीलताका अवसरमा रूपान्तरण गर्न आवश्यक व्यावहारिक ज्ञान हासिल गर्नुहुनेछ।  

कार्यशालाको सञ्चालन विधि: प्रत्यक्ष सहभागितामा आधारित 

कार्यशाला अवधि: ५ दिन

आवेदन फारम लिंक

मिति तथा स्थान:

  • आवेदन दिने अन्तिम मिति: २०८३ भदौ २१
  • अन्तिम सहभागीहरूको घोषणा: २०८३ भदौ २६
  • कार्यशाला हुने मितिहरू:
    • धनगढी: २०८३ असोज  ३ – २०८३ असोज ७ 
    • जनकपुर: २०८३ असोज १४ – २०८३ असोज १८ 
    • काठमाडौं: २०८३ असोज २१ – २०८३ असोज २५
सहभागीको प्रतिबद्धता: छनोट हुनुभएका सहभागीहरू कार्यशालाका सबै प्रत्यक्ष सत्रहरूमा नियमित रूपमा सहभागी भई छलफल, लेखन अभ्यास र सिर्जनात्मक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न हुनुपर्नेछ। साथै, दिइएका अभ्यास तथा कार्यहरू समयमै पूरा गर्दै आफ्ना विचार, अनुभव र सिर्जनाहरू सहकर्मीहरूसँग साझा गर्ने, एकअर्काबाट सिक्ने र प्राप्त प्रतिक्रियाका आधारमा आफ्ना सिर्जनालाई थप परिष्कृत गर्ने अपेक्षा गरिएको छ।

 

हामी विशेष रूपमा महिला, दलित, मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, ग्रामीण तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गर्दछौं।

तपाईंले आफूलाई सहज लाग्‍ने कुनै पनि भाषामा यो आवेदन फारम भर्न सक्नुहुन्छ। यदि तपाईं लिखित रूपमा आफ्नो उत्तर दिन असमर्थ हुनुहुन्छ भने, आवेदनका प्रश्नहरूको जवाफ समेटिएको छोटो भिडियो पनि  prasuna@shantanepalifoundation.com , sfnepal.comms@gmail.com   मा पठाउन सक्नुहुन्छ।

 

The Photo Storytelling Workshop is a 5 day in person training programme designed to equip young creators with practical skills in visual storytelling, photography, and digital content creation while exploring pathways to build sustainable careers in the creative economy. Through interactive sessions, practical assignments, mentorship, and collaborative learning, participants will learn how to use photography as a powerful medium to tell authentic stories, document lived experiences, celebrate cultural identities, and highlight issues affecting their communities.

Participants will develop both technical and creative skills, including the fundamentals of photography, visual composition, lighting, framing, sequencing, photo feature, captions, and ethical visual storytelling. The workshop will encourage participants to explore personal narratives, community stories, and social themes, transforming them into compelling visual stories suitable for digital platforms, exhibitions, campaigns, media, and advocacy initiatives.

In addition to strengthening creative practice, the workshop places a strong emphasis on entrepreneurship and career development within the creative and cultural industries. Participants will explore how photography can become a sustainable source of income by building a professional portfolio, developing a personal brand, marketing their work, growing an online audience, and creating content for social media and digital platforms. 

Sessions will also introduce opportunities for freelance photography, commissioned assignments, documentary and editorial work, brand collaborations, stock photography, exhibitions, grants, competitions, and other income-generating pathways available to emerging visual storytellers.

By the end of the programme, participants will have produced a photo story or photo feature, strengthened their visual storytelling and communication skills, and gained practical knowledge on how to transform their creative practice into professional and entrepreneurial opportunities.

Workshop Modality: In Person

Duration: 5 Days

Application Form Link

Dates & Places: 

  • Application Deadline: 6 September 2026 
  • Shortlisting Result Announcement: 11th September 2025
  • Workshop Dates:
    • Dhangadhi: 19 September 2026 – 23 September 2026 
    • Janakpur: 30 September 2026 – 4 October 2026 
    • Kathmandu: 7 October 2026 – 11 October 2026 

Participant Commitment: Selected Participants are expected to attend all sessions, actively participate in discussions and practical exercises, complete workshop assignments, and engage in peer learning and constructive feedback throughout the programme.

We strongly encourage applications from women, Dalit, Madhesi, Indigenous, Tharu, Muslim, LGBTQ+, rural, and historically marginalized communities.

You may fill out this application in any language you are comfortable with. If you are unable to write your responses, you may also send us a short video answering the application questions at prasuna@shantanepalifoundation.com , sfnepal.comms@gmail.com 

 Past Workshop (Storytelling Workshop)
 
 
 
कथाकारिता कार्यशाला नेपालका विविध तथा कम प्रतिनिधित्व भएका समुदायका युवा तथा उदीयमान कथाकारहरूका लागि सिर्जनात्मक सिकाइको साझा मञ्च हो। यस कार्यशालाको उद्देश्य सहभागीहरूलाई आत्मचिन्तन, संवाद, सिर्जनात्मक अभ्यास तथा सहकार्यात्मक सिकाइमार्फत व्यक्तिगत र सामुदायिक कथाहरू अन्वेषण गर्न प्रेरित गर्नु हो।
 
यस कार्यशालामा सहभागीहरूले सम्झना, पहिचान, संस्कृति, जीवन अनुभव तथा सामाजिक यथार्थजस्ता विषयहरूमाथि छलफल गर्दै लेखन, मौखिक कथावाचन, दृश्य अभिव्यक्ति तथा डिजिटल माध्यममार्फत् कथा प्रस्तुत गर्ने विभिन्न विधिहरूबारे सिक्ने अवसर प्राप्त गर्नुहुनेछ। यो कार्यशाला फरक अनुभव र पृष्ठभूमिका व्यक्तिहरूका लागि हो । यसमा सहभागी हुन अनुभव अनिवार्य छैन।
 
हामी विशेष रूपमा महिला, दलित, मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, ग्रामीण तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गर्दछौं। तपाईंले आफूलाई सहज लाग्ने कुनै पनि भाषामा यो आवेदन फारम भर्न सक्नुहुन्छ। यदि तपाईं लिखित रूपमा आफ्नो उत्तर दिन असमर्थ हुनुहुन्छ भने, आवेदनका प्रश्नहरूको जवाफ समेटिएको छोटो भिडियो पनि prasuna@shantanepalifoundation.com मा पठाउन सक्नुहुन्छ।
 
 महत्वपूर्ण मितिहरू
  • आवेदन दिने अन्तिम मिति: २९ जुन २०२६  (२०८३ असार १५)  
  • प्रारम्भिक छनोटको नतिजा सार्वजनिक: ३ जुलाई २०२६ (२०८३ असार १९)  
  • अन्तिम सहभागीहरूको घोषणा: ५ जुलाई २०२६  (२०८३ असार २१)  

 

Storytelling Workshop is a creative learning space for young people and emerging storytellers from diverse and underrepresented communities across Nepal. The workshop aims to help participants explore personal and community stories through reflection, discussion, creative activities, and collaborative learning.

Participants will engage with themes such as memory, identity, culture, lived experiences, and social realities while learning different ways of telling stories through writing, oral storytelling, visual expression, and digital media. The workshop welcomes people with different experiences and backgrounds, and no prior storytelling experience is required.

We strongly encourage applications from women, Dalit, Madhesi, Indigenous, Tharu, Muslim, LGBTQ+, rural, and historically marginalized communities. You may fill out this application in any language you are comfortable with. If you are unable to write your responses, you may also send us a short video answering the application questions at prasuna@shantanepalifoundation.com
 
 Important Dates 
  • Application Deadline: 29 June 2026
  • Shortlisting Announcement: 3 July 2026
  • Final Participant Announcement: 5 July 2026
 

Producing Films and Multimedia Content


We produce films and other multimedia content that explores the human experience, celebrates diversity, and tells stories that have the power to impact and enrich people's lives.

This will close in 0 seconds

Organising Storytelling Workshops and Events


We organise workshops and events to provide individuals with the tools and resources to share their stories with the world.

This will close in 0 seconds

Collaborating with other Organizations and Individuals


We cooperate with other organisations and individuals to support and amplify diverse voices in the arts and to provide access to resources, mentorship and networking opportunities for aspiring artists and filmmakers, especially those from underrepresented communities.

This will close in 0 seconds

Funding


We provide funding for creative projects that have a social impact. This includes funding grants for individuals and organisations working to positively impact their communities through the arts, storytelling, and filmmaking.

This will close in 0 seconds

Research


As an organisation, we research the impact of the arts, storytelling, and filmmaking on individuals and communities. This research helps us better understand the arts’ role in promoting understanding, empathy, and social change.

This will close in 0 seconds

Advocacy


We advocate for social issues through storytelling. By using the power of storytelling, we can raise awareness, promote understanding, and inspire action on critical social problems.

This will close in 0 seconds